खुल्ला रक्तदान तथा निःशुल्क सुगर, प्रेसर जाँच कार्यक्रम सम्पन्न ।
मिति २०८१ जेष्ठ ५ गते शनिबार सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बुद्ध सदस्य सेवा केन्द्र संचालन उपसमितिको आयोजनामा सुर्यबिनायक न.पा. ०६ स्थित बलाक्व टोलमा सामाजिक उत्तर दायित्वलाई मनन गरी संस्थाका उपाध्यक्ष श्री कृष्णहरि सैंजुले रक्तदान गरी कार्यक्रम शुरु गरियो । २३ जना रक्तदाताहरुले रक्तदान गर्नुका साथै ११० जना सदस्य तथा गैर सदस्यहरुले सूगरपे्रसर जाँच गरेका थिए । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखा तथा सुगर,प्रेसर जाँचका लागि प्राविधिक सहयोग भक्तपुर हार्ट एण्ड डायविटिक सेन्टरबाट कार्यक्रमका लागि समन्वय गरिएको थियो । बुद्ध सदस्य सेवाकेन्द्रका सदस्य चन्द्र कुमार दोङ तामाङ, आशराम सुवालका साथै संयोजक संजय जोन्छेले रक्तदान कार्यक्रमको समापन गर्नुभयो ।